नवौं राष्ट्रिय खेलकुद : पूजापाठ गरेर खोखो प्रतियोगिता सुरु

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखरा रंगशालामा पूजापाठ गरेर खोखो प्रतियोगिता सुरु गरिएको छ ।रंगशालास्थित ह्यान्डबल एकेडेमीमा आइतबार सुरु भएको प्रतियोगितामा संघका पदाधिकारी, खेलाडी तथा प्राविधिकको उपस्थितिमा पूजापाठ गरिएको थियो ।

खोखो संघका प्रचार विभाग प्रमुख सुशीलमान व्यञ्जनकारका अनुुसार खोखो भारतदेखि सुरु भएकाले सोही शैली पछ्याउँदै खेल सुरु हुनुअघि पूजापाठ गर्ने प्रचलन छ । ‘यसको ओरिजिन नै इन्डियामा भएकाले हामीले पनि त्यही शैली पछ्याएका मात्रै हौं,’ उनले अनलाइनखबरसँग भने, ‘अरु खेलमा यस्तो पूजा गरिँदैन ।’

उदघाटन खेलमा विभागीय टिम नेपाल आर्मी र सुदूरपश्चिम प्रदेश भिड्दै छन् । खोखोमा नेपाल आर्मी र नेपाल पुलिस क्बलसहित ९ टिम सहभागी छन् । राउन्ड रोबिन आधारमा खेलाइने प्रतियोगिताको फाइनल खेल कात्तिक ३ गते हुनेछ ।

 

Back to top button