गठबन्धनप्रति जनताले गरेको विश्वास गुम्न दिन्नौ : नेता जोशी

पर्वत । नेपाली काँग्रेसका निवर्तमान केन्द्रीय सदस्य एवम् संविधान सभा सदस्य अर्जुनप्रसाद जोशीले जनताको विश्वास र भरोसामा कमी हुन नदिने बताएका छन् । चुनावी प्रचारप्रसार तथा घरदैलो अभियानका क्रममा पर्वतको जलजला गाउँपालिका पुगेका जोशीले भने,‘गठबन्धनप्रति जनताहरुले जुन विश्वास र भरोसा गर्नुभएको छ त्यो गुम्न दिन्न ।,’उनले देशभर गठबन्धनप्रति जनताको आकर्षण बढेको बताउँदै पर्वतमा पनि गठबन्धनका उम्मेदवारले तिनै सिट जित्ने दावी गरे ।

जोशीले लोकतन्त्र रक्षा र संविधानमा भैरहेको ठाडो हस्तक्षपको अन्त्य गर्नका लागि गठबन्धन आवश्यक भएको बताए । गठबनधनबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका जोशीले पर्वत जिल्लाको विकासका लागि काँग्रेस र माओवादीले खेलेको भुमिका स्मरण गराउँदै समग्र जिल्लाको विकास र समृद्धिका लागि गठबन्धनको जित आवश्यक रहेको बताए ।

प्रदेश सभा सदस्य (क) का उम्मेदवार सुदिप कुवँरले देशमा भएको आमूल परिवर्तनलाई संस्थागत गरी देशको विकास गर्न गठवन्धनको जित आवश्यक रहेको बताए । नेता कुवँरले देशलाई संंकटवाट पार गराउनको लागि पनि गठवन्धका उम्मेदवारलाई बिजय गराउन आग्रह गरे । उनले पार्टि भन्दा माथी उठेर देश बचाउनको लागि गठवन्धनलाई जिताउन आवश्यक रहेको बताए ।साभार गण्डकी संचार

Back to top button