गठबन्धनका उम्मेदवारलाई जिताउन एक हजार एक सदस्य चुनाव प्रचारप्रसार समिति गठन

पर्वत। ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन एक हजार एक जनाको प्रचारप्रसार समिति गठन गरिएको छ । संयुक्त गठबन्धन चुनाव परिचालन समिति प्रदेश सभा ‘क’ को बैठकले नेपाली काँग्रेस क्षेत्रीय कार्य समिति प्रदेश सभा क का सभापति राजकुमार क्षेत्रीको संयोजकत्वमा एक हजार एक जनाको प्रचारप्रसार समिति गठन गरेको हो ।

बैठकले प्रदेशका तिन वटा पालिकामा पालिका स्तरीय चुनाव परिचालन समिति गठन गर्नका लागि गठबन्धनका आवद्ध दलहरुलाई जिम्मेवारी प्रदान गरेको छ । बैठकले जलजला गाउँपालिकामा नेपाली काँग्रेसबाट पालिका सभापति इन्दुप्रकाश पौडेल र कृष्णबहादुर के.सी खत्रीलाई, माओवादी केन्द्रबाट अध्यक्ष दिपक आचार्य र गौ बहादुर पुनलाई, नेकपा एकिकृत समाजवादीबाट लालविर पुन र देवीलाल चापागाईलाई जिम्मेवारी प्रदान गरेको छ भने राष्ट्रिय जनमोर्चाबाट शिव परियारलाई जिम्मेवारी प्रदान गरेको छ ।

कुश्मा नगरपालिका काँग्रसवाट नगर सभापति किशोर भण्डारी र सचिव रामप्रसाद पौडेल आर.सीलाई जिम्मेवारी प्रदान गरिएको छ । माओवादी केन्द्रबाट शंकर गिरी र भिमवहादुर नेपालीलाई जिम्मेवारी प्रदान गरेको छ । नेकपा एकिकृत समाजवादीबाट सुवास रोका र डोलराज शर्मालाई जिम्मेवारी प्रदान गरिएको छ । त्यस्तै नेपाल समाजवादी पार्टीवाट कमल लामिछाने र इन्दिरा अधिकारीलाई जिम्मेवारी प्रदान गरिएको छ भने, राष्ट्रिय जनमोर्चाबाट जितवहादुर लामिछाने र बाबुराम वि.कलाई जिम्मेवारी दिईएको छ ।

मोदी गाउँपालिका नेपाली काँग्रेस मोदीका सभापति निर्देश लामिछाने र मिलन थापालाई जिम्मेवारी प्रदान गरिएको छ । नेकपा माओवादी केन्द्रबाट कृष्ण सुवेदी र गंगा तिमिल्सिनालाई, नेकपा एकिकृत समाजवादीबाट सन्तोष गुरुङ र दिवाकर तिमिल्सिनालाई र नेपाल समाजवादी पार्टीबाट देवीकुमार क्षेत्रीलाई जिम्मेवारी प्रदान गरिएको छ ।

संयोजकहरुलाई चुनाव परिचालन समितिको बैठक यथाशिघ्र बोलाई गाउँपालिका तथा वडा स्तरीय संयुक्त गठबन्धन चुनाव प्रचारप्रसार समिति गठन गरी जानकारी गराउन पत्र मार्फन जानकारी गराईएको छ । बैठकमा काँग्रेसबाट क्षेत्रीय सभापति क्षेत्री सहित चित्रकला भारती शर्मा, नेकपा माओवादी केन्द्रबाट लोकराज आचार्य, तारा पराजुली रिजाल, नेकपा एकिकृत समाजवादीबाट गणेश पौडेल र दिपुबावु गिरी, नेकपा समाजवादी पार्टीबाट मोहदत्त अधिकारी र सुनिल पौडेल र राष्ट्रिय जनमोर्चाबाट शिव परियार उपस्थित हुनुहुन्थ्यो ।साभार गण्डकी संचार

Back to top button