पर्वतको हुवासमा गठबन्धनको संयुक्त बैठक सम्पन्न, ३ वटा समिति गठन

पर्वत । आसन्न मंसिर ४ को आम निर्वाचनका लागि पर्वत प्रदेश ख अन्तर्गतका गठबन्धन दलको संयुक्त निर्वाचन विशेष छलफल कार्यक्रम हुवासमा सम्पन्न भएको छ ।बैठकले ३ वटा समिति गठन गरेको छ । चुनाव प्रचारप्रसार समिती, आर्थिक परिचालन समिती र युवा परिचालन समिति गठन भएको छ ।

चुनाव प्रचार प्रसार समितीको संयोजकमा संविधान सभा सदस्य एवं नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश उपाध्यक्ष गुणाखर बस्याल, सह संयोजकमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि राजेन्द्र तिवारी, नेकपा एकीकृत समाजवादी प्रदेश ख पर्वतका अध्यक्ष रामेश्वर गौतम, सदस्यमा नेपाली कांग्रेस प्रदेश खका उपसभापति लक्ष्मी शर्मा गौडेल, नेपाली कांग्रेस प्रदेश खका सचिवहरु छविलाल तिवारी र ठाकुर रसाईली रहेका छन ।

आर्थिक परिचालन समितीको संयोजकमा नेपाली कांग्रेस फलेवास नगर समितिका सभापति हिरामणी सापकोटा, सह संयोजकमा माओवादी केन्द्र बिहादी गाउँपालिका कमिटी अध्यक्ष ऋषिराम भुसाल र नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी सदस्य झलक न्यौपाने रहेका छन ।

त्यस्तै युवा परिचालन समितीको संयोजकमा नेपाल तरुण दल पर्वत जिल्ला उपाध्यक्ष सागर भुसाल, सह संयोजकमा वाइसीएलबाट रुपक भट्ट, एकीकृत समाजवादी निकट युवा संघ नेपालबाट बिष्णु तिवारी र राष्ट्रिय जनमोर्चा निकट युवा कमिटीबाट डोलराज भुसाल रहेका छन । आवश्यकता अनुसार अन्य सदस्य थप र नयाँ समिती तयार गर्दै जाने कांग्रेस प्रदेश खका सचीव ठाकुर रसाईलीले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका उपाध्यक्ष गुणाखर बस्यालले गठबन्धन दलका उम्मेदवारहरुलाई बिजय गराउन सबै एकमत भएर लाग्न आग्रह गरे । नेता बस्यालले केपीवादको अन्त्य गरी संविधानको रक्षा र जनतालाई शुसान र बिकास दिन यो गठबन्धन भएको बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रीय गण्डकी प्रदेश सदस्य उमाकान्त भुर्तेल, नेकपा एकीकृत समाजवादीका गण्डकी प्रदेश सदस्य उमाकान्त सुवेदी, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि खगेन्द्र तिवारी, कांग्रेस महाधिवेशन प्रतिनिधि राज मल्ल ठकुरी, कांग्रेस कांग्रेस नेता गिरीराज गौतम लगायतले नेता कार्यकर्ताले गठबन्धनका उम्मेदवारहरुलाई बिजय गराउन ईमानदारीताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

नेपाली कांग्रेस प्रदेश सभा ख पर्वतका सभापति परविन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटी पर्वत खका अध्यक्ष रामेश्वर गौतम र संचालन नेकपा माओवादी पैंयुँका सचीव रेशमलाल सापकोटाले गरेका थिए ।साभार गण्डकी संचार

Back to top button