गठबन्धनको चुनावी प्रचारप्रसार तथा घर दैलो खुर्कोटबाट शुरु

पर्वत । ६ दलिय संयुक्त गठबन्धनको चुनावी प्रचारप्रसार तथा घर दैलो अभियान शुरु भएको छ । ४ मंसिरमा हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि गठबन्धनले पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटबाट प्रचारप्रसार तथा घर दैलो अभियान शुरु भएको हो ।

खुर्कोट नेपाली काँग्रेसको गढका रुपमा मानिन्छ । उसो त हाल गठबन्धनवाट प्रतिनिधी सभा सदस्यमा उम्मेदवार बनेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् संविधान सभा सदस्य अर्जुनप्रसाद जोशीका स्वर्गिय बुवा अमृतप्रसाद जोशीको जन्मथलो पनि हो ।
बिहीवार एकाबिहानै गठबन्धनको टोली सहित खुर्कोट पुगेका जोशी सहित प्रदेश सभा (क) का उम्मेदवार सुदिप कुवँरलाई खुर्कोटवासीले फुलको गुच्छा दिएर स्वागत गर्नुका साथै खुशी प्रकट गरेका थिए । उम्मेदवारहरुले जनताको घरघरमा पुगेर जनताका गुनासो सुन्नुका साथै समस्यालाई टिपोट गरेका छन् ।

घरदैलो प्रश्चात कोण सभामा बोल्दै जोशीले खुर्कोटबासी बुवाआमा, दाजुभाई तथा दिदिबहिनीहरुलाई भोट दिएर गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन आग्रह गर्नुभयो । उहाँले बुवाको सपना सँगै पर्वतवासी जनताको विकासे भोकलाई मेटाउन आफु पुन उम्मेदवार बनेका बताउनु भयो ।

अर्का उम्मेदवार सुदिप कुवँरले उम्मेदवारका रुपमा आफु नयाँ भएपनि खुर्कोट र पर्वत जिल्लाको समस्याका वारेमा आफु परिचित रहेको बताउँदै बामगठबन्धनलाई भोट दिन अनुरोध गर्नुभयो ।साभार गण्डकी संचार

Back to top button