जिल्लामा विकास सँगै समृद्धि भित्राउँछु ,चुनाव जिताउनु होस्: नेता जोशी

पर्वत । नेपाली काँग्रेसका निवर्तमान केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य अर्जुनप्रसाद जोशीले आगामी मंसिर ४ गते हुने निर्वाचनमा संयुक्त गठबन्धनका उम्मेदवारलाई मतदान गरी बिजयी गराउन आग्रह गर्नुभएको छ ।

नेता जोशीले एमालले दुई तिहाई जनमत पाउँदा जनताको पक्षमा काम गर्न नसकेको जिकिर गदै सरकारमा हुँदा सत्ताको दुरुपयोग गरेर कमिशन र भष्ट्राचारमा रमाएको आरोप लगाउनु भयो ।

पर्वतबाट प्रतिनिधि सभामा संयुक्त गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका जोशीले जनताको सेवामा आफू सदैव समर्पित रहने बताउँदै सक्कली दल र नेताको पहिचान गरी मतदान गर्न जनतालाई आग्रह गर्नुभयो ।

नेपाल प्रेस युनियन जिल्ला शाखा पर्वतले आयोजना गरेको निर्वाचन लक्षित कार्यक्रममा बोल्दै नेता जोशीले यसपाली जनताको घरदैलोमा जीत सँगै विकासको लक्ष्य बोकेर जाने बताउनु भयो ।

जिल्लाको विकास निर्माण र जनताको समस्या समाधान गर्नको लागि आफुले जिवन नै समर्पण गरेको बताउँदै जोशीले भन्नुभयो– ‘तपाईंहरू मत दिनुहोस्, हामी तपाईंंहरूलाई समृद्धि दिन्छौं।’ जोशीले स्वरोजगारका अवसरहरू सृर्जना गरी युवाहरूलाई जिल्लाभित्रै रोजगारीको ग्यारेन्टी गर्ने भन्दैै दैनिक जीविकोपार्जनका निम्ति खाडी मुलुकमा गई ४५ डिग्रीको तापक्रममा काम गर्नुपर्ने युवाहरूको बाध्यतालाई हटाउन आफू लागिपर्ने बताउनुभयो।

उहाँले जिल्लाका सबै वडामा पिच बाटो पुर्याउने, घर–घरमा स्वच्छ पिउने पानीका धारा पुर्याउने, प्रत्येक नगर तथा गाउँपालिकामा प्राविधिक शिक्षालय, आधुनिक अस्पताल र बहुमुखी क्याम्पस स्थापना गर्ने, कृषिमा आधुनिकीकरण गर्ने, गाई, भैंसी, बाख्रा, कुखुरा, माछापालन व्यवसाय, फलफूलखेती र जडीबुटी खेतीमा पूर्ण अनुदानसहित युवाहरूलाई आकर्षण गर्ने बताउनुभयो।

उहाँले जिल्लाको विकास र समृद्धिका लागि कटिबद्ध भएर लाग्दा आफूमाथि विभिन्न अनर्गल प्रचार भएको बताउँदै विपक्षीहरुले आफूमाथि विभिन्न भ्रम सिर्जना गरेको बताउँदै उनले सत्य कुराको पछि लाग्न पर्वतवासीलाई आग्रह गरे ।

नेता जोशीले पर्वतका जनताले आफुलाई पटक पटक मतदान गरेर तिन–तिन पटक बिजय गराउँदा साँसद मात्र भएको बताउँदै अब चुनाव जिताउनु भयो भने मन्त्री बनेर जिल्लाको समृद्धि र विकास उदाहरणिय काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।साभार गण्डकी संचार

Back to top button