हाेटलमा लगेर प्रेमीले लगाए प्रेमिकामाथि पेट्राेल छर्केर आगाे, दुई जना पक्राउ

काठमाडौं । हाेटलमा लगेर प्रेमीले प्रेमिकामाथि पेट्राेल छर्केर आगाे लगाएकाे आराेपमा दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

नक्सालस्थित होटल क्राउन प्लाजामा लगेर प्रेमीले प्रेमिकामाथि पेट्राेल छर्केर आगाे लगाएकाे आराेपमा सिन्धुलीका पदमकुमार क्षेष्ठ र जितपुर सिमराका केशव रिजाललाई प्रहरीले पक्राउ गरेकाे हाे ।

आगोलागीमा परी २३ वर्षीया प्रेमिका पवी खनालको उपचारकाे क्रममा मृत्यु भएको प्रहरीले उनीहरुलाई पक्राउ गरेकाे थियाे ।

युवतीलाई सुरुमा वीर अस्पतला लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि कीर्तिपुर अस्पतालमा लगिएको थियो। अस्पतालमै मंगलबार बिहान युवतीको मृत्यु भएको थियो। प्रारम्भिक अनुसन्धानमा युवतीको शरीरमा पेट्राेल छर्किएर आगलागी भएको खुलेकाे छ । रिजाल मृतक खनालको प्रेमी हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीले पक्राउ परेका क्षेष्ठ र रिजाललाई मंगलबार नै जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धानका लागि प्रहरी वृत मालीगाउँमा राखिएको बताउनुभयाे ।

उहाँले भन्नुभयाे,’घटना शंकास्पद देखिन्छ। सोमबारको घटना भए पनि होटलले हामीलाई जानकारी गराएको थिएन। अस्पतालबाट खवर आएपछि हामीले घटनाको बारेमा थाहा पाएका थियौं।’साभार ईमेज खबर

Back to top button