
कास्की – पोखरा महानगरपालिकाले पोखराका विभिन्न मासु पसल अनुगमन गरेको छ । महानगरले अनुगमनका क्रममा २५ जना मासु व्यवसायीलाई कारबाही गरेको पोखरा महानगर पशुसेवा कार्यालय पोखराका प्रमुख नवराज अधिकारीले जानकारी दिनुभयाे ।
उहाँका अनुसार खुला रुपमा मासु राखेर बिक्री वितरण गर्ने गरेको, मूल्यसूची नटाँसेको र सरसफाइमा लापरबाही गरेको देखिएकाले उनीहरुलाई जिल्ला प्रशासन कार्यालय बोलाएर कारबाही गरेको हाे । उनीहरुलाई ५ हजारका दरले जरिबाना सहित गल्ती नदोहोर्याउने सर्तमा छोडिएको प्रमुख अधिकारीले बताउनुभयाे ।
अनुगमन टोलीले पोखराको रामबजार ,जिरो किमि, बगर, ट्याक्सीचोक, अमरसिंह क्षेत्रमा अनुगमन गरेको हो । अनुगमनमा पसल दर्ता नभएको, मुल्यसूची नभएको, मासु बध गर्ने स्थलमा सरसफाइ नभएको देखिएको छ । यस्तै एक पसलबाट ७ केजी बाख्रीकाे मासु नियन्त्रणमा लिएको छ ।
दशैँ र तिहारमा मासुको प्रयोग बढ्ने भएकाले मासुबाटै अनुगमन सुरु गरिएको र अब खाध्यान्न लगायतका पसलहरुमा गरिने र निरन्तर चल्ने पोखरा महानगरपालिकाकी कार्यवाहक प्रमुख एवं अनुगमन संयोजक मञ्जु गुरुङले बताउनुभयाे ।साभार उज्यालो अनलाईन