फुटपाथ व्यवस्थापनबारे बाबुराम र बालेनबीच सामाजिक सञ्जालमा सवाल–जवाफ

काठमाण्डाै – फुटपाथ व्यवस्थापनको विषयलाई लिएर नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई र काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सामाजिक सञ्जालमा सवाल–जवाफ भएको छ ।

फुटपाथलाई व्यवस्थित गर्न डा. भट्टराईले सामाजिक सञ्जालमार्फत् दिएको सुझावलाई मेयर बालेन्द्र शाहले पनि सामाजिक सञ्जालबाटै जवाफ फर्काउनुभएको हो ।

डा. भट्टराईले सामाजिक सञ्जालमा लेख्नुभएको छ,‘काठमाण्डौ मनपालाई व्यवस्थित गर्ने, मृतप्रायःबनेका नदीलाई पुनर्जीवन दिने आदि मेयर शाहका पहल प्रशंसनीय छन् । फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ । तर संसारभर स्वरोजगार श्रमिकहरू फुटपाथ वा सार्वजनिक ठाउँमा व्यवसाय गर्न बाध्य हुन्छन् । अतःनिश्चित ठाउँ र समय तोकेर तिनको व्यवस्थापन गर्नैपर्छ ।’

यसमा मेयर शाहले जवाफ दिँदै लेख्नुभएको छ ‘यो कुरा त तपाईँले हजारौँको घर भत्काएर फुटपाथ बनाउँदा पनि सोच्नु पर्थ्याे नि ।’ साभार उज्यालो अनलाईन

Back to top button