पहिरोले बेनी–जोमसोम सडकखण्ड अवरुद्ध

काठमाडौं । बेनी–जोमसोम सडकको म्याग्दी खण्ड पहिरो खसेर अवरुद्ध भएको छ ।बेनीदेखि मुस्ताङको घाँसासम्मका चार ठाउँमा बुधबार राति पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

बेनी नगरपालिकाको जलेश्वर, रघुगंगा गाउँपालिकाको बैसरी, अन्नपूर्ण गाउँपालिकाको नौनीबगर र मुस्ताङको सिमाना काभ्रेभीरमा पहिरो खसेर मुस्ताङसँग सीधा यातायात सम्पर्कविच्छेद भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले म्याग्दी जनाएको छ ।

सडक अवरुद्ध हुँदा स्थानीयलाई आउजाउ गर्न समेत समस्या भएको छ भने मुस्ताङ भ्रमण तथा कागबेनीमा सोह्र श्राद्ध गर्ने तथा मुक्तिनाथ दर्शनमा जाने तीर्थयात्रीलाई सास्ती भएको छ ।

निरन्तर पहिरो खसेकाले मर्मतमा समस्या भएको बताइएको छ । बैसरीमा बुधबार साँझ पहिरो पन्छाएर खोलिएको सडक पुनः अवरुद्ध भएको हो ।साभार ईमेज खबर

Back to top button