काभ्रे पहिरो अपडेट : एकै परिवारका तीन जनाको ज्यान गयो

काठमाण्डाै – काभ्रेमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ ।पहिरोमा परेर घाइते भएकी ६५ वर्षकी ठूलीमाया तामाङको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या तीन पुगेको हो ।

बिहान साढे ३ बजे घरमाथिको ढुङ्गा खानीबाट खसेको पहिरोले घर पुरिँदा ४४ वर्षका निरबहादुर तामाङ र ४० वर्षकी सावित्री तामाङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक डीएसपी अञ्जना श्रेष्ठले जानकारी दिनुभयो । साभार उज्यालो अनलाईन

Back to top button