प्रविधिमैत्री बन्दै फलेवास : करलाई पारदर्शी बनाउन डिजिटल प्रणाली

पर्वत । नगरभित्रका सबै सर्वसाधारण र साना व्यवसायीलाई करको दायरामा ल्याउन फलेवास नगरपालिकाले कर संकलनलाई अनलाईन प्रणालीमा लैजान शुरु गरेको छ । हरेक वडाबाट संकलित कर पारदर्शि रुपमा नगरको खातामा जम्मा गर्न पनि डिजिटल प्रणालीले सहज हुने नगरपालिकाले जनाएको छ ।

नगरपालिका भित्रका ११ वटै वडासचिवहरुलाई अनलाइन कर प्रणालीबारे प्रशिक्षण दिएर कर संकलनलाई पुर्ण डिजिटल प्रणालीमा लैजाने कामको थालनी गरेको नगरपालिकाले जनाएको छ । नगरभित्रका ससाना व्यवसाय तथा पसल, उद्यम दर्ता, घटना दर्ता, सिफारिस, घरजग्गा तथा सम्पती कर लगायतलाई करको दायरामा ल्याउन अनलाईन कर संकलन प्रणाली शुरु गर्न लागिएको हो । हालसम्म नगरपालिकाले घटना दर्ता, सिफारिस लगायतका करलाई डिजिटल प्रणालीमार्फत संकलन गर्दै आइरहेको भए पनि घरजग्गा, सम्पतीकर लगायतका अधिकंश शिर्षकको कर डिजिटल प्रणालीमार्फत सङ्कलन हुन सकेको छैन ।

नगरपालिकाको राजस्श शाखा प्रमुख रमेश शर्माका अनुसार नगरले करको दर नभएर दायरा बृद्धी गरि आन्तरिक आम्दानी बढाउनका लागि डिजिटल कर सङ्कलन प्रणालीलाई पुर्ण रुपमा सञ्चालन गर्न थालिएको बताए । नगरपालिकाले चालु आर्थिक वर्षमा आन्तरिक आम्दानीलाई डेढ करोड सङ्कलन गर्ने लक्ष्य राखेको छ । उक्त लक्ष्य पुरा गर्नका लागि डिजिटल राजस्व सङ्कलन प्रणालीमा सबै वडालाई लैजान लागिएको हो । हरेक वडामा विद्युत, इन्टरनेट र आवश्यक प्राविधिक उपकरणको व्यवस्था भइसकेकोले वडा सचिवहरुमा प्रविधिको ज्ञान मात्रै भए डिजिटल राजस्व सङ्कलन शत प्रतिशत सफल हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र शर्मा पौडेलले बताए । सबै वडा सचिवहरुलाई निर्देशन दिइसकेको बताउँदै नगरपालिकाको आन्तरिक आम्दानी बढाउन पनि डिजिटल प्रणालीलाई अनिवार्य गर्नुपर्ने बताए ।

नगरपालिकाले चालु वर्ष आन्तरिक कर संकलनको लक्ष्य भेटाउनका लागि पनि डिजिटल प्रणाली अनिवार्य भएको उपप्रमुख शोभा क्षेत्रीले बताइन् । अनलाइनबाट राजस्व संकलनका लागि हरेक वडामा आवश्यक पुर्वाधार निर्माण भइसकेकोले अब हरेक विषयको राजस्व संकलन अनलाइनबाटै हुनेमा विश्वस्त रहेको नगरपालिकाले जनाएको छ । यद्यपी वडा सचिवहरुले वर्षातको समय र हावाहुरीका बेला जुनसुकै समयमा विद्युतिय समस्या हुने भएकोले अतिरिक्त विद्युतिय उर्जाको व्यवस्था नभए पुर्ण रुपमा विद्युतिय प्रणालीमा लैजान समस्या हुने बताएका छन् । ‘हामीले अनलाइन प्रणालीबाट राजस्व संकलन गर्न नसक्ने भन्ने हु“दैन,’ फलेवास–३ का सचिव अर्जुन तिवारीले भने,‘झ्यापझ्याप विद्युत जानेआउने हुन्छ । सेवाग्राहि जतिबेला पनि आउनुहुन्छ । लाइन नआउने बेलासम्म कुराउ“नराम्रो म्यासेज जान्छ ।’ चालु वर्षभित्रै नगरभित्रका सबै घरपरिवारलाई करको दायरामा ल्याउने लक्ष्य रहेको नगरपालिकाले जनाएको छ । करको दर घटाउ“दै दायरा बढाउने लक्ष्य अनुरुप यस्तो अभियानको थालनी गरिएको नगरप्रमुख गंगाधर तिवारीले बताए ।गण्डकी संचार

Back to top button