सन्दीपमाथि लागेको आरोपबारे प्रहरी : पृष्ठभूमि हेरिन्न, संवेदनशील भएर अनुसन्धान हुन्छ

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरतबहादुर बोहोराले प्रहरीले कुनै पनि कसूरमा उजुरी आउँदा पीडक भनिएका व्यक्तिको पृष्ठभूमि ख्याल नगर्ने बताएका छन् ।उनले जुनसुकै ओहोदाका व्यक्ति भए पनि स्वतन्त्र र निष्पक्षरुपमा प्रहरीले अनुसन्धान गर्ने बताएका हुन् ।

राष्ट्रिय क्रिक्रेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध मंगलबार जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी परेको छ । यही सन्दर्भमा अनलाइनखबरसँग कुरा गर्दै एसएसपी बोहोराले भने, ‘बलात्कारको मुद्दामा प्रहरी त्यसै पनि संवेदनशील छ, अनुसन्धानमा कुनै पनि कसर बाँकी राखिन्न ।’

उनले पीडितको बयान र जाहेरी दर्खास्तको आधारमा विस्तृत अनुसन्धान हुने बताए । पीडितको विस्तृत स्वास्थ्य परीक्षणसमेत भइसकेको बताउँदै उनले भने, ‘अब घटनास्थलको कागज गराएर थप प्रक्रिया अघि बढ्छ ।’

घटनाको अनुसन्धान अहिले जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट संयुक्तरुपमा भइरहेको उनले  बताए । साभार अनलाइनखबर

Back to top button