आरजु राणा बागलुङ २ बाट सिफारिस

बागलुङ : नेपाली कांग्रेस बागलुङले दुईवटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ। बागलुङ क्षेत्र नम्बर २ बाट प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणासहित १० जनाको नाम सिफारिस भएको छ।

नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ को आज बसेको बैठकले राणासहित नेपाली कांग्रेस बागलुङका सभापति जित शेरचन, गणेश शेरचन, टेकराज पौडेल, देवीप्रकाश भट्टचन, दोर्णकुमार कुँवर, नरबहादुर पुन निरज, रामप्रसाद आचार्य, डा. शान्तराज आचार्य र सिंहबहादुर राणाको नाम सिफारिस गरिएको बागलुङ क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति जोकलाल बुढाले जानकारी दिए।

बागलुङ क्षेत्र नम्बर १ मा पनि १० जनाको नाम सिफारिस भएको छ। केन्द्रीय सदस्य चम्पा खड्का, दीपेन्द्रबहादुर थापा, डिल्लीराम सुवेदी, भीम श्रीस, किरण पौडेल, मणिभद्र शर्मा कँडेल, प्रकाश पौडेल, जगदीशचन्द्र उपाध्याय, चिरञ्जीवी गौतम र लक्ष्मी जिसी सिफारिस भएको क्षेत्रीय सभापति चण्डीप्रसाद शर्मा पौडेलले जानकारी दिए।साभार थाहा खबर

Back to top button