८ दिनपछि बढ्यो सुनको मूल्य

काठमाडौं । लगातार ८ दिनको गिरावटपछि आइतबार सुनको मूल्य बढेको छ ।नेपाल सुन चाँदी व्यवासायी महासंघकाअनुसार आइतबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ । यस्तै चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले वृद्धि भएको छ ।

आज छापावाल सुनको मूल्य ९३ हजार ३००, तेजावी सुनको मूल्य ९२ हजार ८०० र चाँदीको मूल्य प्रतितोला १११० रुपैयाँ तोकिएको छ ।

शुक्रबार छापावाल सुनको मूल्य ९३ हजार, तेजावी सनुको मूल्य ९२ हजार ५ सय र चाँदीको मूल्य एक हजार एक सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

८ दिनसम्म निरन्तरको गिरावटपछि शुक्रबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको थियो । यस्तै गत भदौ ९ गतेदेखि सुनको मूल्य पनि निरन्तर ओरालो लागेको थियो ।

सुन चाँदीको मूल्य उतार चढाबका अन्तर्राष्ट्रिय कारणले नै भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।ठूला अर्थतन्त्र भएका देशका केन्द्रीय बैंकहरुले नगद मौज्दातमा ब्याज वृद्धिको घोषणा गर्दा लगानीकर्ताहरु सुनभन्दा बैंक निक्षेपमा आकर्षित हुँदा सुनको भाउ अव मूल्ययन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।साभार अनलाईन खबर

Back to top button