नेवि संघ पर्वतको संस्थापक अध्यक्ष ऋषिकेश तिवारी

पर्वत । नेपाल बिद्यार्थी संघ पर्वतको संस्थापक अध्यक्ष सभापती ऋषिकेश तिवारी भएको तथ्य प्रमाणित भएको छ । लामो समयदेखी नेवि संघ पर्वतको संस्थापकको विषयलाई लिएर विवाद भैरहेको थियो ।

नेपाली काँग्रेस पर्वतका संस्थापक सभापती इन्दु शर्माले नेपाली काँग्रेस जिल्ला कार्य समिति पर्वतलाई पत्र पठाउँदै नेपाल बिद्यार्थी संघ पर्वतको संस्थापक अध्यक्ष ऋषिकेश तिवारी भएको उल्लेख गरेका छन् । उनले पत्रमा लेखेका छन्,‘विगत केही समयदेखि ने.वि संघ पर्वतको संस्थापकको विषयलाई लिएर विवाद र केही भ्रम रहेको भनेर पर्वतका साथीहरुले पटक–पटक मलाई सोधिएको सन्दर्भमा यो जानकारी गराउदछु कि २०३६ साल पाmगुन ११ गते पर्वतको कुश्मा बजारमा सम्पन्न प्रथम जिल्ला अधिवेशनले ऋषिकेश तिवारीलाई सर्वसम्मत रुपमा निर्वारोध अध्यक्षमा निर्वाचित गरेको हो । यो नै ने.वि संघ पर्वतको पहिलो र संस्थापक जिल्ला कार्य समिति हो । ऋषिकेश तिवारी नै संस्थापक अध्यक्ष हुन् ।,’

१३ जनाको जिल्ला कार्य समितिमा निम्नानुसार संस्थापक पदाधिकारीहरु र सदस्यहरु रहेका थिए । जसमा संस्थापक अध्यक्ष ऋषिकेश तिवारी, उपाध्यक्षमा हरिबहादुर कुवँर, सचिवमा मिठाराम नेपाली, सहसचिवमा गोपाल जोशी, कोषाध्यक्षमा शान्ति श्रेष्ठ, सदस्यहरुमा बोधराज बराल, आनन्द शर्मा, महेश शर्मा, नारायण श्रेष्ठ, रामचन्द्र आचार्य, कर्णबहादुर क्षेत्री, गुरुप्रसाद शर्मा र शिव तिमिल्सेना निर्वाचित हुनुभएको थियो ।

साभार गण्डकी संचार
Back to top button