पैयुँ गाउँपालिका स्वास्थ्य क्षेत्रमा गण्डकी प्रदेशकै दोस्रो उत्कृष्ट पालिकाको रुपमा सम्मानीत

पर्वत) । पर्वतको पैयुँ गाउँपालिका स्वास्थ्यको क्षेत्रमा गण्डकी प्रदेशकै उत्कृष्ट दोस्रो पालिकाको रुपमा सम्मानित भएको छ । गत आर्थिक २०७८/०८९ को प्रदेश स्तरीय बार्षिक समीक्षामा तय गरेका विभिन्न जनस्वास्थ्य सेवाका सूूचकहरुको आधारमा गण्डकी प्रदेश अन्तरगत स्थानीय तहहरु मध्ये पैयुँ गाउँपालिका पर्वतले द्धितीय स्थान हासिल गरेको हो । गत वर्ष छैटौँ स्थान हासिल गरेको पैयुँ गाउँपालिकाले यस बर्ष दोस्रो स्थान हासिल गरेको हो । स्वास्थ्य क्षेत्रमा खोपको अवस्था, आमा सुरक्षा, परिवार नियोजन, ईन टाईम रिपोटिङ, सरुवा रोग नियन्त्रण, पोषण कार्यक्रम लगायतका विषयमा उत्कृष्ट कार्य गरेकोले पैयुँ गाउँपालिका स्वास्थ्य क्षेत्रमा गण्डकी प्रदेशकै उत्कृष्ट दोस्रो पालिका छनौट भएको हो ।

स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य गर्न सफल भई गण्डकी प्रदेशमै दोस्रो पालिका भएकोमा पैयुँ गाउँपालिका अध्यक्ष तोरण मल्ल ठकुरी ‘राज’ ले खुसी ब्यक्त गर्दै सम्पुर्ण विरामीको सेवामा खटिनु भएका तथा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरु,कर्मचारी तथा पूर्व जनप्रतिनिधीहरुलाई धन्यवाद तथा बधाई दिएका छन् । अध्यक्ष मल्ले नागरिकको नैसर्गीक अधिकार स्वास्थ्य उपचार तथा स्वास्थ्य रक्षा गर्न हामी सबै जनप्रतिनिधि तथा स्वास्थ्यकर्मी कटिबद्ध हुनुपर्ने बताएका छन् । अध्यष मल्लले भने,‘स्वास्थ क्षेत्र अत्यन्त संवेदनशिल र हाम्रो प्राथमिकताको क्षेत्र भएकाले आगामी दिनमा अझ उत्कृष्टताको साथ गुणस्तरीय सेवा प्रवाह गर्ने बिश्वास व्यक्त गर्दछु ।,’

पैयुँ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशव लामिछानेले स्वास्थ्य जस्तो सम्बेदनशिल विषय तथा कोभिडको महामारीमा समेत निरन्तर कार्यमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको सामुहिक प्रयासले सफलता प्राप्त भएको भन्दै धन्यवाद व्यक्त गरेका छन् ।

Back to top button