पीडितहरुको घरमै पुग्छन् ह्विल चियर बोकेर अध्यक्ष मल्ल

पर्वत) । पैयुँ गाउँपालिका वडा नं.७ भोर्लेका ७४ बर्षिय भुमिदत्त अधिकारी हिड्न सक्देनन् । घुडा सुनिने र दुख्ने समस्या भएपछि उनलाई हिँड्डुल गर्न निकै गाह्रो भएको छ । लामो समयदेखी बिस्तरामा थला परेका उनी परिवारको हेरचाहमा बस्दै आएका छन् । शारीरिक रुपमा अशक्त भएर हिँड्डुल गर्न गाह्रो भएपछि अधिकारीलाई घरमै पुगेर ह्विल चियर प्रदान गरिएको हो ।
सोही वडाका १९ बर्षिय हिमलाल भट्टराई जन्मीदै अंपाग भएका व्यक्ति हुन् । बिस्तरामै थला परिरहेका उनलाई अपांगता मैत्री बिस्तरा प्रदान गरेपछि परिवारमा खुशी छाएको छ । ‘दिनरात एउटै बिस्तरामा सुताएर राख्दा निकै समस्या भएको थियो,’ पीडितका बुवा तिलप्रसाद भट्टराईले भने,‘डिजिटल अपांग मैत्री विस्तार पाएका छौँ, यसको राम्रो सँग सदुपयोग गछौँ ।,’

पैयुँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी ‘राज’ ले अपांग भएर थला परेका बिरामीहरुको सहायताका लागि अपांगमैत्री सामग्री बोकेर पीडितहरुको घरमा पुग्न थालेका छन् । ‘अपांगता भएका व्यक्तिलाई आवश्यक सामाग्री पीडितको घरमै पुगेर वितरण गर्ने थालेका छौँ,अध्यक्ष ठकुरीले भने,‘अपांग सहायता सामग्रीले उनीहरुकोे दैनिकिमा सहजता प्रदान गर्ने बिश्वास लिएको छु ।,’ अध्यक्ष मल्लले अपाङगता भएका ब्यक्तिलाई स्वरोजगार बनाउन र समाजमा स्थापित गराउन गाउँपालिकाले योजना बनाइरहेको बताए । गाउँपालिका भित्र रहेका अपाङ्गताको पहिचान गर्ने काम भइरहेको भन्दै अध्यक्ष मल्लले अपाङगता भएका ब्यक्तिको अवस्था हेरेर त्यसैअनुसारको क्षमता अभिवृद्धि र प्रोत्साहनको अभियानलाई अघि बढाउने बताए । ह्विल चियर वितरण गर्न अध्यक्ष मल्ल सँगै गाउँपालिकाकी उपाध्याक्ष यामकुमारी राना, सम्बन्धित वडाका वडा अध्यक्ष र कर्मचारीहरु पनि पीडित व्यक्तिको घरमा पुगेका छन् ।

पैयुँ गाउँपालिकाभरिका अशक्त र अपांग भएकाहरुलाई ह्विल चियर सँगै अन्य अपांगमैत्री सामग्री वितरण गर्न शुरु गरिएको छ । पैयुँ गाउँपालिकाकी कर्मचारी मन्जु शर्माका अनुसार ७ जनालाई ह्विल चियर, ३ वटा अपांगमैत्री वेड, ३ वटा इलेक्टिट वेड सँगै अन्यलाई वाकर, सेतो छडी, कालो चश्मा, बैशाखी, कान सुन्ने मेशीन, लौरो र अन्य सामग्री वितरण गरिएको छ । यसका लागि गाउँपालिकाले २ लाख बजेट बिन्योजन गरेको थियो ।

Back to top button