२० बर्षकी सुजता जिसी खड्का १ महिना देखि सम्पर्क विहिन

पर्वत । जिल्लाको जलजला गाउँपालिका वडा न ५ लेकफाँट की २० बर्षिया एक युवती १ महिना देखि सम्पर्क विहिन भएकी छिन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार २० बर्षिया सुजता खड्का जिसी गत साउन ६ गते देखि सम्पर्क विहिन भएकी हुन् । परिवारले विहान ११.३० बजे आफ्नै घरबाट निस्की गएकी र घरमा फर्कि नआएको भन्दै प्रहरीमा खोज तलासको लागि निवेदन दिएका थिए ।

प्रहरीले हालसम्म पनि उनको अवस्था अज्ञात रहेको जनाएको छ । परिवारले प्रहरी चौकी लेकफाँटमा दिएको निवदेनको आधारमा प्रहरीले खोज तलास गरेपनि हालसम्म पनि उनी सम्पर्कमा नआएको जनाएको हो ।

Back to top button