पशु सेवा विधेयकको विरोधमा पशु चिकित्सक आन्दोलित, कृषिमन्त्रीको पुत्ला दहन

काठमाडौं । पशु स्वास्थ्य तथा पशु सेवा परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको विरोधमा पशु चिकित्सकहरु आन्दोलित भएका छन् । आन्दोलनको क्रममा उनीहरुले गएराति कृषिमन्त्री मृगेन्द्र कुमार सिंहको पुत्ला जलाएका छन् ।

पशु स्वास्थ्य जस्तो गम्भीर विषयमा विज्ञ र प्राविधिक विच सामान्य भिन्नता समेत नदेखिने गरी विवादित विषयहरु सम्बोधन नगरी विधेयक अगाडि बढाइएको भनी नेपाल भेटेरिनरी एशोसिएसनले देशभरका दर्तावाल पशु चिकित्सकहरु आन्दोलित भएका हुन् ।द्वैध अर्थ लाग्ने गोलमटोल शब्दहरु राखी विधेयक पारित गरिएको भन्दै एशोसिएसनले चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

विरोध कार्यकमहरु अन्तर्गत, आज भदौ १ गते कार्यस्थलमा कालोपट्टि बाँधेर विरोध जनाउने, भदौ २ गते पेन डाउन गरेर कामकाज बन्द गर्ने, भदौ ३, ४ र ५ गते अत्यावश्यकका बाहेक उपचार सेवा बन्द गर्ने, अनिश्चितकालिन रुपमा भेटेरिनरी शिक्षा सञ्चालन हुने विश्वविद्यालय, कलेज, सीटीभीटी र शिक्षा विभाग अन्तर्गतका स्कुलहरुमा अनिश्चितकालिन अध्ययन अध्यापन बन्द गर्ने, १ दिने चल्ला बाहेकका पशुपन्छीको स्वास्थ्य प्रमाणपत्र अनिश्चितकालिन रुपमा जारी नगर्ने, भदौ ६ काठमाडौ केन्द्रित भेला गर्ने र ७ गते काठमाडौंमा विशेष साधारण सभा गर्ने तय गरेको छ ।

विदेशमा रहेका दक्ष जनशक्ति स्वदेश भित्राउने नीति र वातावरण विकास गर्नुपर्नेमा दिनानुदिन वैज्ञानिक जनशतिm पलायन हुने अवस्था सिर्जना गरिएका कारण विरोध गर्नुपरेको चिकित्सकहरुको भनाई रहेको छ ।

पशु स्वास्थ्य तथा पशु सेवा परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभाको बैठकबाट मंगलबार पारित भएको छ । विधेयक पारित भएकै दिन साँझ पशु चिकित्सकहरुले विरोधमा देशका बिभिन्न ठाउँमा कृषि तथा पशुपक्षी मन्त्री मृगेन्द्र कुमार सिंहको पुत्ला दहन गरेका थिए ।साभार अनलाईन खबर

Back to top button