भोट खसाल्ने दिनभन्दा १५ दिन अघिसम्म मत माग्न नपाउने कानुन बन्दै

चुनाव प्रचारको समय घटाउने गरि निर्वाचन आयोगले निर्वाचन कानुनमा केही संसोधन गर्ने तयारी गरेको छ । आइतबार विभिन्न मिडियाका सम्पादकहरूसँग आयोगले गरेको अन्तरक्रियामा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन कानुन संसोधन गर्न लागेको र त्यसको मस्यौदा तयार रहेको जानकारी गराए ।

उनले निर्वाचन संचालन तथा व्यवस्थापन सम्बन्धि विधेयक मस्यौदामा मतदानको १५ दिन अघिसम्म भोट माग्न नपाइने, घरदैलोदेखि आमसभा गर्न नपाइने व्यवस्था राखिएको बताए । चुनाव प्रचारको समय धेरै राखेका कारण उम्मेदवारले धेरै खर्च गर्ने अवस्था रोक्न सो व्यवस्था गर्न लागेको उनको भनाइ छ ।

यस्तै आयोगले केन्द्रबाट मात्र मतपत्र प्रकाशन नगरी विकेन्द्रीकृत ढंगले प्रकाशनको प्रावधान राखिएको बताए । यस्तै अब आउने चुनावमा विद्युतिय मेसिनबाट मतदान गराइनेछ भन्ने कुरा कानुनमै लेखेर सरकारलाई बाध्यकारी बनाउन खोजेको जानकारी गराए । सो मस्यौदामाथि छलफल चलिरहेको उनले बताए ।साभार रातोपाटी

Back to top button