पोखरीमा डुबेर सशस्त्र प्रहरी जवानको ज्यान गयाे

पर्वत । फलेवास नगरपालिका वडा नं ९ भंगरामा रहेको पोखरीमा डुबेर एक सशस्त्र प्रहरी जवानको ज्यान गएको छ ।स्याङ्जा जिल्ला अर्जुन चौपारी गाउँपालिका वडा नं ५ घर भइ हाल सशस्त्र प्रहरी बल २३ नम्बर गण भानु नगरपालिका तनहुँमा कार्यरत सशस्त्र प्रहरी जवान गिरिजा सापकोटाको डुबेर ज्यान गएको हो ।

उनी कार्यरत गणबाट बिदामा घर आएका थिए। साथीहरुसँग पर्वतको भंगरामा पर्ने जलजला घुम्न गएको बेला शुक्रबार पोखरीमा डुबेर ज्यान गएको हो । त्यो ठाउँ स्याङ्जा र पर्वतको सीमा क्षेत्रमा पर्छ ।

दिउँसो ४ बजेको समयमा पोखरीमा डुबेर बेपत्ता भएका सापकोटाको साँझ ६ बजे मात्रै शव निकालिएको थियो । अहिले शव पोष्टमार्टमका लागि पर्वत अस्पतालमा ल्याइएको समाचार सन्तोष थापाले उज्यालो अनलाईनका लागि लेखेका छन् ।

Back to top button