कांग्रेसले आफूले गरेका राम्रा कामको प्रचार गर्न सकेन : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाश मान सिहले कांग्रेसले आफूले गरेका कामका बारेमा प्रचार गर्ने नसकेको बताउनु भएको छ ।

आइतबार नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ को प्रशिक्षण कार्यक्रममा नेता सिंहले देशमा यतिका परिबर्तनको नेतृत्व गरेको पार्टीले गरेका कामको बिषयमा जनताले अनुभूत गर्नेगरी छलफल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कांग्रेसले देश र जनताको पक्षमा गरेका कामको बारेमा सबैतिर राम्रोसँग जानकारी दिनुपर्ने उल्लेख गर्नुभयो ।

नेता सिंहले राजनीति परिवर्तन आईसकेकाले अब जनताले अनुभूत गर्नेगरी आम नागरिकको जीवन सहज हुने गरि आर्थिक सम्पन्नता तर्फ केन्द्रीत हुनु पर्ने बताउनु भयो । कांग्रेसले बोलेर भन्दा पनि काम गरेर देखाउनु पर्ने नेता सिंहको भनाई छ ।
बर्तमान सरकार जनताको जनादेशको सरकार भएको भन्दै यसलाई अवमूल्यन गरेर नेकपा एमालेले परमादेशको सरकार भन्नु गलत भएको भन्दै कांग्रेस अरु पार्टी जस्तो जिम्मेवारी बाट भाग्ने पार्टी नभएको नेता सिंहले बताउनुभयो । उहाँले कांग्रेसले परिस्थिति लाई समाल्दै अगाडि बढेको उल्लेख गर्नुभयो ।

अब कांग्रेसले अब आर्थिक सम्पन्नताको अभियान का कार्यक्रम सहितका एजेन्डा लिएर जनतामा जाने पनि नेता सिंहले बताउनुभयो ।साभार ईमेज खबर

Back to top button