धाइरिङ अपडेट : विद्युत पोलमा आगो लाग्यो तर विद्युतका कर्मचारीले फोन उठाएनन्

पर्वत । पर्वतको जलजला गाउँपालिका ७ धाइरिङ धारापानीमा सोमबार विद्युत लाइनमा हाइभोल्टेज प्रशारण हुँदा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ ।

सोमबार विहान करिब ७ बजेतिर विद्युतको वितरण लाइनको पोलमा आगो लागेपछि धारापानीका स्थानीयले मिलनचोक स्थित नो लाइटमा फोन गरे । तर त्यहाँ वस्ने कर्मचारीले फोन रिसिभ गरेनन् ।  समयमै फोन रिसिभ गरेर लाइन सर्टडाउन गरिदिएको भए अप्रिय घटना नघटने कुरा नवविकल्प अनलाईनले प्रकाशन गरेको समाचारमा उल्लेख गरिएको छ ।

‘हामीले विद्युतको पोलमा आगलागी भएपछि पटकपटक फोन ग¥यौं तर कर्मचारीले कुनै रेस्पोन्स गरेनन’ स्थानीवासी पूर्णचन्द्र आचार्यले भने ‘कर्मचारीले समयमै फोन रिसिभ गरिदिएको भएर लाइन सर्टडाउन गरेको भए अनाहकमा ज्यान जाने थिएन ।’ ‘विहान ७ बजे विद्युतको पोलमा आगलागी भयो तर साढे आठ बजेसम्म पनि विद्युत सर्टडाउन गरिएन । गाउँका घरहरुमा हाइभोल्टेज लाइन विस्तार भयो जसका कारण मानविय क्षति हुनपुग्यो । यो विद्युत कार्यालयका कर्मचारीको लापरबाही हो,’ आचार्यले भने ।

गाउँको विद्युत लाइनको समस्याका वारेमा एकहप्ता अघिदेखि जानकारी गराउँदा पनि विद्युत कार्यालयले लाइन मर्मत गर्न ध्यान नदिएका कारण दुःखद घटना घटेको स्थानीय तिलक आचार्यले नवविकल्प अनलाईनलाई बताएको कुरा उक्त अनलाईनले प्रकाशन गरेको छ । हाइभोल्टेजका कारण धारापानीका करिब २०० घरधुरीमा जडान भएका मिटरवक्स,विद्युत बल्ब,पोलबाट घर सम्म लगिएको तार जलेको स्थानीयवासी यामबहादुर केसीले जानकारी दिएका छन् ।साभार पर्वत न्यूज

Back to top button