परराष्ट्रमन्त्री खड्का आज साँझ चीन भ्रमणमा जाँदै

काठमाडौं । परराष्ट्र मन्त्री डा. नारायण खड्का आज मंगलबार साँझ चीन भ्रमणमा जानु हुनेभएको छ ।चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री खड्का तीन दिने भ्रमणका लागि जान लाग्नुभएको हो ।शेरबहादुर देउवाको सरकार बनेको १३ महिनामा नेपालबाट चीनमा पहिलो पटक मन्त्रीस्तरीय भ्रमण हुन लागेको हो ।

परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री वाङबीच भोलि बुधबार पूर्वी चीनको सान्तोङ प्रान्तको छिङ्ताओमा द्विपक्षीय वार्ता हुने छ ।अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि उत्पन्न तनाव र नेपाल अमेरिकी प्रभावमा पर्दै गएको आशंकाबीच परराष्ट्रमन्त्री खड्काको भ्रमण हुन लागेको हो ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री खड्काले नेपालको एक चीन नीतिप्रति प्रतिबद्धता दोहो¥याउने बुझिएको छ । दुई पक्षीय वार्तामा नेपाल–चीन सीमा समस्याबारे पनि छलफल हुने भएको छ ।

यस्तै, कोरोना संक्रमणपछि अवरुद्ध सीमा नाका सहज बनाउने विषयमा पनि छलफल हुने छ । तर, चीनले अघि सारेको बेल्ट एन्ड रोड अवधारणाको फ्रेमवर्कभित्र रहेर कुनै पनि सम्झौता नहुने बुझिएको छ ।साभार ईमेज खबर

Back to top button