प्रेस युनियन र काँग्रेस विच छलफल तथा अन्तरक्रिया

पर्वत । स्थानीय तह निर्वाचनको समिक्षा सँगै आगामी मंसिर ४ गते हुने प्रदेश र संघको निर्वाचनमा नेपाल प्रेस युनियनले खेल्नुपर्ने भूमिकाका विषयमा नेपाली काँग्रेस पर्वतले छलफल तथा अन्तरक्रिया गरेको छ । काँग्रेसको पूर्व तयारी अनुसार छलफल कार्यक्रम आयोजना गरेको हो ।

बि.पी स्मृती भवनमा भएको कार्यक्रममा बोल्दै सभापति युवराज जोशीले स्थानीय तह निर्वाचन सम्पन्न गराउन पत्रकारहरुको महत्वपूर्ण योगदान रहेको भन्दै आगामी निर्वाचनलाई सफल गराउन अझै सक्रियताका साथ लाग्न पत्रकारलाई आग्रह गर्नुभयो । सभापति जोशीले प्रेस युनियन पार्टीको शुभेच्छुक संस्था भएकाले पार्टीका गतिविधीलाई समेत जोडदारका साथ जनतासामु लैजान निर्देशन दिनुभयो । उहाँले काँग्रेस भित्र कुनै पनि गुटउपगुट नभएको र विगतमा भएका कमीकमजोरीलाई सुधार गरेर लैजानुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस पर्वतका उपसभापतिद्धय डाक्टर चुडामणि शर्मा, शिव सुवेदी, सचिव गुप्तनिधी शर्मा, कोषध्याक्ष हेम शर्मा पौडेल लगायतले बोल्नुभएको थियो ।

नेपाल प्रेस युनियनका अध्यक्ष उत्तमप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य साजन परियार, केन्द्रिय सदस्य माया अधिकारी, सरस्वती शर्मा ‘जिज्ञासू’, अगन्धर तिवारी, गणेशवहादुर क्षेत्री, रोशन तिवारी, ठाकुर रसाईली, शिवराज शर्मा, एकराज गिरी, बिष्णु गौत्तम लगायतका पत्रकारले सुझाव सहित आफ्नो धारणा राखेका थिए ।

नेपाली काँग्रेसले प्रेस युनियन संघ आजनै नेपाल आदिबासी जनजाती महासंघ,नेपाल लोकतान्त्रीक अपाङग संघ, नेपाल प्रजातान्तिक बिचार समाज ,पर्वत आदिबासी जनजाति महासंघ, नेपाल लोकतान्त्रीक अपाङग संघ, नेपाल सांस्कृतिक संघ संग समिक्षात्मक तथा छलफल गरेको नेपाली काँग्रेस पर्वतका प्रवक्ता अच्युत तिवारीले जानकारी दिनुभयो ।

गण्डकी संचार
Back to top button