जलजला ७ धाइरिङमा विद्युतको हाइभोल्टेजका कारण १ जनाको मृत्यु, ४ जना गम्भिर घाइेत

जिल्लाको जलजला गाउँपालिका वडा न ७ धाइरिङमा आज विहान विद्युत लाइनको भोल्टेज नियन्त्रण भन्दा बाहिर जाँदा १ जनाको मृत्यु भएको छ ।

धाइरिङको धारापानी भन्ने गाउँमा विद्युत लाइनमा आएको समस्याका कारण बस्ती भरीका झण्डै २ दर्जन बढि घरहरुका मिटर बक्समा आगलागी भएको र ४ जना स्थानीय गम्भिर घाइते भएको घटनास्थल पुगेका जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार विद्युत लाइनको भोल्टेज नियन्त्रण भन्दा बाहिर गई घरहरुका मिटर बक्समा आगलागी भएको हो । विद्युत लाइन सट हुँदा दजनौं पशु चौपायाहरुको मृत्यु भएको छ भने स्थानीय पशु फार्ममा समेत आगलागी भएको अध्यक्ष आचार्यले जानकारी दिए ।

घटनाको थप क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको छ । घाइतेहरुलाई उपचारका लागि अस्पताल लैजाने तयारी गरिएको अध्यक्ष आचार्यले बताएका छन् ।

घटनामा झण्डै ५० बर्षकी सिता केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपि शिवराज बुढाथोकीले पुष्टि गरेका छन् ।साभार पर्वत न्यूज

Back to top button