एसईईको नतिजा बिहीबारसम्ममा सार्वजनिक हुने

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आगामी बिहीबारसम्ममा सार्वजनिक हुने भएकाे छ ।राष्ट्रिय परीक्षा बोर्डले बिहीबारसम्म अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको हाे । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका डेपुटी कन्ट्रोलर भक्त गोदारले बिहीबारसम्म नतिजा सार्वजनिक गर्ने गरी अन्तिम तयारी भइरहेको जानकारी दिनुभयो ।

नतिजा पुरानै माध्यमहरूबाट, एनटीसी मोबाइल, एसएमएस तथा बोर्ड र परिक्षा नियन्त्रण कार्यालयको वेभसाइट मार्फत हेर्न सकिने जनाइएकाे छ । गत वैशाख ९ देखि २० गतेसम्म भएको एसईई परीक्षामा ५ लाख १४ हजार ७ सय ६० विद्यार्थी सहभागी भएका थिए ।साभार ईमेज खबर

Back to top button