झापामा ३ जना किशोरी एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला

झापामा तीन जना किशोरीहरू एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।कचनकवल गाउँपालिका-५ को बेल्लेगाउँस्थित सुनकोशी चिया बगानको जिङखोला किनारमा रहेको बयरको रूखमा उनीहरू झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार स्थानीय पञ्चम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अन्जली र बीरवल गणेशकी १६ वर्षीया छोरी कल्पनाको शव फेला परेको हो ।

शनिबार रातिदेखि हराएका उनीहरूको शव आइतबार बिहान फेला परेको सोही गाउँपालिकाले जनाएकाे छ । तीनै जना किशोरीहरू चिया बगानमा मजदुरी गर्ने गरेकाे जनाइएकाे छ । दुई जना एउटै हाँगामा र अर्की अर्को हाँगामा झुन्डिएको अवस्थामा फेला परेको कचनकवल गाउँपालिकाले जनाएकाे छ।उनीहरुले सामूहिक आत्महत्या गर्नुको कारण भने खुलेको छैन् ।साभार उज्यालो अनलाईन

Back to top button