स्याङ्जामा दाजुकाे कुटपिटबाट भाइकाे ज्यान गयाे

स्याङ्जाको भिरकोटमा सामान्य विवादमा दुई जना दाजुभाइबीच कुटाकुट हुँदा भाइको ज्यान गएको छ ।गएराति भिरकोट नगरपालिका वडा नम्बर–३ रिजुका ४५ वर्षका श्यामबहादुर रोकाको कुटपिटबाट ज्यान गएको हो ।दाजु ५० वर्षका यामबहादुर रोकाले कुट्दा श्यामको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रविन्द्र खनालले जानकारी दिनुभयो ।कुटपिटमा संलग्न यामबहादुरलाई प्रहरीले पक्राउ गरेको छ ।साभार उज्यालो अनलाईन

Back to top button