मौसम सक्रिय भएसँगै पर्वतका ग्रामीण क्षेत्रमा खेत रोप्न भ्याईनभ्याई

पर्वत । मौसम पुन सक्रिय भएसँगै पर्वतका कृषकहरु खेतवारीमा व्यस्त हुन थालेका छन् । मानो खाएर मुरी उब्जाउने बेलामा परेको खडेरीले रोपाई गर्न नपाएका कृषकहरु मंगलवारदेखि परेको वर्षाका कारण पुन रोपाईमा सक्रिय हुन थालेका छन् ।

साउन पहिलो हप्तासम्म पनि पर्वतमा पर्याप्त वर्षा नहूँदा रोपाई गर्न नपाएको भन्दै कृषकहरु निरास बनेका थिए । मंगलवारदेखि मौसम सक्रिय भएर वर्षा भएपछि खेत रोपाई शुरु भएको पाङका कृषक हरी चापागाईले बताउनुभयो ।

उहाँले बुधवारदेखि पाङको फाँटमा रोपाई गर्न कृषकहरु विहानैदेखि जुटेका छन् । त्यसैगरी फलेवास, कुर्घा, बर्राचौर, कटुवाचौपारी लगायतका फाँट र्र िसंचाईको सुविधा नभएका स्थानहरुमा समेत रोपाई शुरु भएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । पर्वतमा झण्डै ४० प्रतिशत रोपाई अझै बाँकी रहेको छ । पर्याप्त वर्षा भएमा दोस्रो हप्तासम्म रोपाई सकिने स्थानीय तहका कृषि शाखाहरुले जानकारी दिएका छन् ।

Back to top button