छोराको लाठी प्रहारबाट आमाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा छोराको लाठी प्रहारबाट घाइते भएकी आमाको मृत्यु भएको छ ।जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ४ का २६ वर्षिय हेमन्त कार्कीले असार ६ गते आफ्नै आमा ५२ वर्षिय कमला कार्कीलाई घरासी विवाद हुँदा लाठी प्रहार गर्दा नाकको बीच भागमा गम्भीर चोट लागेको थियो ।

गम्भीर घाइते भएकी कमलाको उपचारको क्रममा गएराति काठमाडौंको टिचिङ अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक होम रेग्मीले जानकारी दिनुभयो ।

हेमन्तलाई इलाका प्रहरी कार्यालय ठाडाले नियन्त्रणमा लिइसकेको छ । आजै अदालतमा पेश गरि म्याद थपगरि अनुसन्धान गरिने प्रहरी निरिक्षक रेग्मीले जानकारी दिनुभयो ।साभार ईमेज खबर

Back to top button