थप १ सय ३५ जनामा काेराेना सङ्क्रमण

काठमाण्डाै – पछिल्लो २४ घण्टामा एक सय ३५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार ४१ जनाको नमुना परीक्षण गर्दा एक सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप ५९ जना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा एक हजार चार सय ३९ जना सक्रिय सङ्क्रमित रहेका छन् । २४ घण्टामा सङ्क्रमणका कारण एक जनाको ज्यान गएको छ ।

यही अवधिमा ३२ हजार पाँच सय १५ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ । साभार उज्यालो अनलाईन

Back to top button