सत्ता गठबन्धन जोगाउन नेताहरु दिल्ली पुग्नुभएकाे छ : शङ्कर पोखरेल

कास्की – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सत्ता गठबन्धनलाई चुनावसम्म जाेगाउन नेताहरु भारत भ्रमणमा गएका दाबी गर्नुभएकाे छ ।

प्रेस चैतारी गण्डकीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले आउँदाे सङ्घीय र प्रदेशकाे चुनावसम्म गठबन्धन टिकाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसकी नेतृ आरजु राणा भारत भ्रमणमा गएकाे दाबी गर्नुभएकाे हाे।

उहाँले नेपालको राजनीतिलाई खण्ड गर्ने काम भएको बताउँदै आन्तरिक मामिलामा सत्ता गठबन्धनले भारतीय हस्तक्षेप निम्त्याएको आरोप समेत लगाउनु भएकाे छ ।

उहाँले अर्थमन्त्रीले बजेट निर्माणका सन्दर्भमा भारतीय नागरिकलाई राजश्वका दर हेरफेर गर्ने सल्लाहकारको रुपमा मन्त्रालयमा सहभागी गराइएको विषय गम्भीर रहेको बताउनु भयाे। पाेखरेलले गठबन्धन सरकारको नीतिगत विचलन र सेटिङका कारण अहिलेको आर्थिक सङ्कट पैदा भएको आरोप लगाउनु भयाे ।

एमालेको सरकार आए अहिलेको आर्थिक सङ्कट सजिलै पार लाग्ने उहाँकाे भनाइ छ । उहाँले नेपालमा धेरै राजनीति पार्टीहरू आवश्यक नभएको भन्दै ध्रुवीकरणमा जानु पर्ने बताउनु भयाे। उहाँले आउँदाे चुनावमा ध्रुवीकरण हुने बताउनु भयाे।

पाेखरेलले नेपालको अर्थतन्त्रलाई जोगाउन खोज्दा गभर्नर महाप्रसाद अधिकारीमाथि आक्रमण सुरु भएको बताउनु भयाे । साभार उज्यालो अनलाईन

Back to top button