जलजला गाउँपालिकाले विपद् व्यवस्थापनका सामग्रीहरु मातहतका प्रहरी चौकीलाई प्रदान

पर्वत  । पर्वतको जलजला गाउँपालिकाले विपद् व्यवस्थापनका लागि आवश्यक पर्ने औजार तथा सामग्रीहरु मातहतका प्रहरी चौकीलाई प्रदान गरेको छ ।

पालिकाले विपद् व्यवस्थापन कोष तथा अन्य विभिन्न शिर्षकबाट बजेट विनियोजन गरी गाउँपालिका भित्र रहेका लेखफाँट प्रहरी चौकी, वारीवेनी प्रहरी चौकी र मिलनचोक प्रहरी चौकीलाई सामग्री हस्तान्तरण गरेको हो ।

हस्तान्तरणका क्रममा गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले विपद्को समयमा तत्काल उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले सुरक्षाकर्मीलाई सामग्री प्रदान गरिएको बताउनुभयो । उहाँले जुनसुकै आपतविपद्का घटनामा पनि सुरक्षाकर्मीको भूमिका महत्वपूर्ण मानिने भएकाले सहयोग उपलब्ध गराइएको बताउनुभयो ।

पालिकाले उद्धारमा आवश्यक सामग्री बेल्चा, गैची, सावेल, रसि, आसि, हातेआरा, हेल्मेट, ट्रयाकसुट, बुट लगायतका सामग्री प्रदान गरेको हो । यस अघि पनि गाउँपालिका भित्र सञ्चालित स्वास्थ्य संस्थालाई विपद्को समयमा आवश्यक पर्ने प्राथमिक उपचारसम्बद्ध सामग्री प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

Back to top button