पर्वतका एक निर्वाचित जनप्रतिनिधीको करेण्ट लागेर मृत्यु

पर्वतका एक निर्वाचित जनप्रतिनिधीको करेण्ट लागेर मृत्यु भएको छ । जिल्लाको बिहादी गाउँपालिका १ का वडा सदस्य दिपक गुरुङको आज दिउँसो करेण्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।

३९ वर्षिय गुरुङको घरमा टाँगिएको फलामको तारमा कपडा सुकाउँदा करेण्ट लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो । मृतकको शव पोष्टमार्टमका लागि पर्वत अस्पतालमा ल्याईएको छ । गुरुङ हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट वडासदस्यमा निर्वाचित हुनुभएको थियो ।

Back to top button