गोरखा बजारमा एक युवकको शव भेटियो

गोरखा – गोरखा बजारमा एक युवक मृत भेटिएका छन् । गोरखा नगरपालिका–८ आलेगाउँका २४ वर्षका अनिश आलेमगर मृत भेटिएका हुन् ।

आज बिहान खोलखोलेबाट गोरखा नगरपालिकाको कार्यालय जाने सडकको नालीमा आलेको शव भेटिएको हो । उनको हत्या भएको हुनसक्ने एसपी केदार खनालले बताउनुभयो ।

शरीरको विभिन्न भागमा चोट पटक देखिएकाले हत्या गरिएको आशङ्का गरिएको र अनुसन्धानका लागि केहीलाई नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो ।सीसीटिभी फुटेज लगायतलाई आधार मानेर अनुसन्धान भइरहेकाे उहाँले बताउनु भयाे ।साभार उज्यालो अनलाईन

Back to top button