काठमाडौं फुकुओका फ्रेण्डसीपको अध्यक्ष शिव शर्माद्धारा पदभार ग्रहण

 काठमाडौं फुकुओका फ्रेण्डसीप लायन्स कल्वको अध्यक्ष शिव शर्माले पदभार ग्रहण गरेका छन् । निर्वतमान अध्यक्ष दिनेश रिमाल ले वर्तमान अध्यक्ष शिव शर्मा लाइ काठमाडौं फुकुओका फ्रेण्डसीप लायन्स कल्वको पद हस्तान्तरण गर्दै कार्य सफलताको शुभकामना ब्यक्त गरेका छन् ।

पदभार ग्रहण कार्यक्रमका प्रमुख अतिथि रिजनल चियर पर्सन ज्योति के.सी ले लायन्स कल्बको सफलताको शुभकामना ब्यक्त गरे । कार्यक्रमका बिशेष अतिथी नेपाल जापान फेन्ड्सिप लायन्स क्लवका चाटर अर्जुन थापाले गरेका थिए नयाँ कार्यसमिति लाई सफलताको सुभकामना समेत ब्यक्त गरेका थिए ।

कल्बको प्रथम अधिवेशनमा पदभार ग्रहण गर्दै शिव शर्माले जापान मा रहेका हरेक नेपाली संघ संस्थासँग सहकार्य गर्दै जाने बताएका थिए । कल्बले बर्तमान परिवेश मा नेपाली बिद्यार्थी हरुले भोगेका पीडा लाई समाधान गर्न र नेपाली हरु अबस्था जापान मा उकास्न का निम्ति पनि आफुले काम गर्ने बताएका छन ।

वर्तमान कार्य समितिले अक्टोवर ६ तारिखमा नेपाल फेस्टिबल मनाउने निर्णय समेत गरेको छ । फेस्टिबल मा नेपाली फुड, ट्रेडिस्नल नृत्य , नेपाली म्युजिक नेपाली आर्ट, टुरिष्ट इन्फर्मेसन र लाईभ इभेन्ट कार्यक्रम राखिएको छ । कार्यक्रम को विषय मा बोल्दै शर्माले नेपाल फेस्टिबल लाई पुर्ण सहयो गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे फेस्टिबल राम्रो सग् सम्पन्न गर्ने समेत बताएका छन ।

काठमाडौं फुकुओका फेन्ड्सिप लायन्स कल्वमा ३४ जना सदस्य रहेका छन् ।क्लब का अध्यक्ष शिव प्रसाद शर्मा, कल्बका प्रथम उपायक्ष सुरज बन,द्धितय उपाध्यक्ष सन्जिब रेग्मी रहेका छन् । क्लबको सचिब मिरज सेदाई र सह सचिब मा अर्जुन पराजुली रहेका छन, कोषाध्यक्ष मा सुरेश डागर र सह कोषाध्यक्षमा अभिषेक कुवँर रहेका छन । LCIF समन्वय मा मेग राज कुवँर, सदस्य निर्देशक पबित्रा सापकोटा, सेबा अध्यक्ष मा सुमन श्रेष्ठ , क्लब निर्देशक मा भोलानाथ शर्मा, टेमर इस्वर कडेँल, टेल्ट्विस्टर चिरञ्जीवी कार्की,स्वास्थ निर्देशक कैलाश पान्डे, शिक्षा निर्देशक कुलदिप पराजुली रहेका छन । ओओसाका संयोजक सन्दिप डल्लाकोटी, खेलकुद निर्देशक सरोज अधिकारी र निगाता संयोजक मा बिदुर पराजुली रहेका छन ।

सदस्य हरुमा पुजा पौडेल, सुलोचन सुवेदी बलामी, जेनिशा पोख्रेल, सिशम केसि कुवँर, रिता घिमिरे, अस्मिता ढकाल पराजुली, सन्जु कोइराला, सौरब सुवेदी, एलिसा श्रेष्ठ, दिप्ती पराजुली, दिपेन्द्र नेउपाने रहेका छन । क्लब का सल्लाहकारमा दिपाक सुन्याल थापा, नवीन जिसि, फुरुकावा नोबुहिरो रहेका छन । रिजन चियर पर्सन ज्योती केसि को प्रमुख आतिथ्यता मा सम्पन्न भएको प्रथम अधिबेशन कार्यक्रम को सन्चालन सेकेन्ड उपाध्यक्ष सन्जिब रेग्मिले गरेका थिए ।

Back to top button