शेयर बजार ४१ अङ्कले बढ्यो, १ अर्ब ४३ करोड रुपैयाँको कारोबार

काठमाण्डाै – लगातार दुई दिनसम्म दोहोरो अङ्कले घटेको शेयर बजार आज बुधवार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४१ दशमलव ३९ अङ्कले बढेर एक हजार नाै सय ६२ दशमलव ७१ विन्दुमा पुगेको छ ।

सबै समूहको शेयर बढेकोमा व्यापार, जलविद्युत्, विकास बैंक, उत्पादन बीमा र लघुवित्त समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । दुई सय २८ वटा कम्पनीकाे ४३ लाख ८६ हजार कित्ता शेयर एक अर्ब ४३ करोड १४ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनी र एसियन लाइफ इन्सुरेन्स कम्पनीको पाँच करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।

आज आँधीखोला र सीवाईसी नेपाल लघुवित्तको शेयर १० प्रतिशतले तथा वरुण हाइड्रोको शेयर साढे नाै प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि मैलुङखोला जलविद्युत् कम्पनीको शेयर झन्डै दुई प्रतिशतले घटेको छ ।खबर उज्यालो अनलाईन

Back to top button