गृहमन्त्री खाणद्वारा हजयात्रीको बिदाइ

काठमाण्डाै – गृहमन्त्री बालकृष्ण खाणले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जान लागेका हजयात्रीको बिदाइ गर्नुभएको छ ।गृहमन्त्री खाणले बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर हजयात्रा गर्न जान लागेका १ सय १३ हजयात्रीलाई बिदाइ गर्नुभएको हो ।

यसवर्ष हज गर्न नेपालका लागि छुट्याइएको ५ सय ५५ जनाको कोटामध्ये आज अन्तिम टोली त्यसतर्फ प्रस्थान गरेको हो । हजयात्रीलाई बिदाइ गर्दै गृहमन्त्री खाणले सरकारले सबै धर्मलाई उत्तिकै सम्मान गर्ने बताउनुभयो ।हज गर्न जाने परम्पराले विश्वभर नेपालको पहिचान गराउँदै भाइचाराको सम्बन्ध विस्तार हुने उहाँले बताउनुभयो ।साभार उज्यालो अनलाईन

Back to top button