कास्कीको धम्पुस केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस

पर्बत ।भूकम्पले एकाबिहानै हल्लाएको छ । कास्कीमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले कास्की सहित पर्वत, बागलुङ, स्याङजा, म्याग्दी, तनहुँ लगायतका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको सामाजिक सन्जालमा देख्न सकिन्छ । भूकम्पको केन्द्रबिन्दु कास्की जिल्लाको धम्पुस नजिक देखिएको छ भने ४.९ रेक्टर स्केलको भूकम्प गएको बताईको छ ।

विहान ३ बजेर ५६ मिनेटको समयमा भुकम्पको धम्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्र काठमाडौले जनाएको छ । भुकम्पको धम्का महशुस गरेका सदरमुकाम कुश्मा बजारका कतिपय स्थानीयहरु घर बाहिर निस्किएका थिए । भूकम्पका कारण क्षती भएको जानकारी अहिलेसम्म आएको छैन ।

Back to top button