प्रावि प्रथम तह आन्तरिक लिखित परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तह, प्रथम श्रेणी शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले गत चैत २१ गते परीक्षा लिएको थियो । लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारको अन्तर्वार्ता असार २३ गते बिहान ८ बजेदेखि हुने आयोगले जनाएको छ ।

परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योग गर्न चाहनेले असार ९ गतेसम्म आयोगको कार्यालयमा तोकिएको दस्तुर तिरेर निवेदन दिन सक्ने आयोगले जनाएको छ ।निमावि तहका शिक्षकको अन्तर्वार्ता असार ११ गते र मावि तहका शिक्षकको अन्तर्वार्ता असार २१ गते तोकिएको छ ।साभार अनलाईन खबर

Back to top button