कालीगण्डकी नदीमा र्‍याफ्टिङका क्रममा बेपत्ता सात जनाकै उद्धार

पाल्पा – पाल्पाको  रानीमहल नजिकै कालीगण्डकी नदीमा र्‍याफ्टिङका क्रममा बेपत्ता भएका सात जनाकै उद्धार भएको छ ।‍हिजाे बेलुका पाैने ७ बजेतिर र्‍याफ्टिङ गर्ने क्रममा डुङ्गा पल्टिएर बेपत्ता भएका सात जना भारतीय नागरिकको उद्धार भएकाे जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

रानीमहलको सुरक्षार्थ खटिएका प्रहरी र डुङ्गा चालकको सहयोगमा नदीमा बेपत्ता भएका सबैको सकुशल उद्धार भएको हो ।  उनीहरुलाई रानीमहलदेखि डेढ किलोमिटर तलबाट उद्धार गरिएको हो । सेफ्टी ज्याकेट लगाएका कारण बेपत्ता सबैकाे सकुशल उद्धार भएको प्रहरीले जनाएको छ । साभार उज्यालो अनलाईन

Back to top button