अबदेखि शुक्रवार पनि शेयर कारोबार हुने

काठमाण्डाै – अबदेखि शुक्रवार पनि शेयर कारोबार हुने भएको छ । नेपाल स्टक एक्सचेन्जले आज बिहीवार विज्ञप्ति निकालेर शुक्रवार दुई घण्टा शेयर बजारमा कारोबार हुने जानकारी दिएको हो ।

यसअघि शुक्रवार कारोबार बन्द हुँदै आएकोमा अब बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म दुई घण्टा कारोबार हुने नेप्सेले जनाएको छ ।

सरकारले परीक्षणको रूपमा गएको जेठमा शनिवार र आइतवार सार्वजनिक बिदा दिएपछि शेयर बजार शुक्रवार पनि खुल्न थालेको थियो । तर दुई दिन बिदा खारेज भएसँगै शेयर बजार पनि शुक्रवार बन्द हुने शङ्का गरिएकोमा नेप्सेको सञ्चालक समितिको बैठकले शुक्रवार दुई घण्टा बजार खोल्ने निर्णय गरेको हो । साभार उज्यालो अनलाईन

Back to top button