गण्डकी प्रदेश सरकारले आज ३६ अर्ब बढीको बजेट ल्याउदै

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि आज (बुधबार) बजेट प्रस्तुत गर्ने भएकाे छ ।अन्तर सरकारी वित्त व्यवस्थापन ऐनमा प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान रहेकाे छ । सोही प्रावधान बमोजिम प्रदेश सरकारहरुले वार्षिक बजेट सार्वजनिक गर्न लागेका छन् ।

बुधबार अपराह्न ४ बजे बस्ने प्रदेशसभा बैठकमा गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’ ले बजेट प्रस्तुत गर्नुहुने भएकाे छ । गण्डकी प्रदेश सरकारले सरकारले ३६ अर्ब भन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ । गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि भने ३० अर्ब ३ करोड ९४ लाख २७ हजारको बजेट प्रस्तुत गरेको थियो ।

गण्डकी सरकारले चुनाव केन्द्रित र सत्ता गठबन्धनको योजनालाई प्राथमिकतामा राखेर बजेट ल्याउन लागेका हो ।

Back to top button