चालक अनुमतिपत्रको वर्ग थपका लागि अनलाइन आवेदन दिन सकिने

काठमाण्डाै – यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको वर्ग थपका लागि आवेदन खुलाएको छ ।वर्ग थपको लागि विभागले अनलाइन प्रणालीमार्फत आवेदन खुलाएको हो ।https://applydl.dotm.gov.np मा लगइन गरी फारम भर्न सकिने विभागले जनाएको छ ।

यसअघि विभागले नयाँ सवारी चालक अनुमति पत्रको लागि मात्रै आवेदन खुलाएको थियो । अब वर्ग थप गर्न समेत अनलाइन आवेदन दिन सकिने विभागले जनाएको छ ।साभार उज्यालो अनलाईन

Back to top button