सुनको भाउ १ हजार ८ सय रुपैयाँले घट्यो

काठमाण्डाै – सुनको भाउ आज एकै दिन तोलामा १ हजार ८ सय रुपैयाँले घटेको छ ।हिजो तोलामा ९८ हजार ९ सय रुपैयाँ रहेको सुनको भाउ आज १ हजार ८ सय रुपैयाँले घटेर ९७ हजार १ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।यस्तै, आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर १ हजार २ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ । साभार उज्यालो अनलाईन

Back to top button