माध्यमिक तह, प्रथम श्रेणी शिक्षक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक

काठमाण्डाै – शिक्षक सेवा आयोगले माध्यमिक तह, प्रथम श्रेणी शिक्षक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।  लिखित परीक्षाको नतिजासँगै आयोगले उनीहरुको अन्तर्वार्ताको मिति पनि सार्वजनिक गरेको छ ।

आयोगका अनुसार  पाँचथर, झापा, तेह्रथुम, धनकुटा, मोरङ, सुनसरी, धनुषा, रौतहट, बारा, पर्सा, काभ्रे, भक्तपुर, काठमाण्डाै, ललितपुर र चितवनका ४७ जनाको अन्तर्वार्ता असार २१ गते बिहान ८ बजे हुनेछ ।

यसैगरी लमजुङ, कास्की, बाग्लुङ, पर्वत, पाल्पा, गुल्मी, रोल्पा, दाङ, सल्यान, जाजरकोट, दैलेख, सुर्खेत, बझाङ, कैलाली, दार्चुला र डडेलधुराका ४७ जनाको अन्तर्वार्ता असार २१ गते दिउँसो १ बजे हुनेछ ।अन्तर्वार्ता परीक्षा शिक्षा सेवा आयोगको कार्यालय सानोथिमि भक्तपुरमा हुने सूचनामा उल्लेख छ । आयोगले २०७८ साल  चैत २१ गते लिखित परीक्षा लिएको थियो ।साभार उज्यालो अनलाईन

Back to top button