पर्वतमा जिल्ला समन्वय समितिका लागि एमाले र गठबन्धन बिच सहमति, गोला प्रथाबाट टुंगो लगाईयो

पर्वत/जिल्ला समन्वय समिति गठन गर्न पर्वतमा सत्ता गठबन्धन र नेकपा(एमाले) बिच सहमति भएको छ । सहमति अनुसार प्रमुख नेकपा(एमाले)को भागमा परेको छ भने उपप्रमुख सहित बहुमत सदस्य गठबन्धनको भागमा परेको छ ।

जिल्ला समन्वय समितिमा एमाले र गठबन्धनका बिचमा समान ७ मत रहेका कारण सर्वसम्मत उमेदवारी दिने सहमति भएको हो । प्रमुख र उपप्रमुखको टुंगो लगाउने क्रममा गोलाप्रथाबाट एमालेको भागमा प्रमुख र गठबन्धनलाई उपप्रमुख परेको छ । एमालेबाट प्रमुखमा बिष्णुराम बिक र गठबन्धनबाट उपप्रमुखमा सोम जिसीले उमेदवारी दिने तयारी छ । एमालेले ३ सदस्य र गठबन्धनले ४ सदस्यलाई उमेदवार बनाउने सहमति पनि भएको छ ।

Back to top button