जलजलाका बाल विकास शिक्षकहरुलाई ३ दिने कार्यशाला गोष्ठी संचालन

पर्वत । जलजला गाउँपालिकाको आयोजनामा प्रारम्भिक बाल विकास कक्षामा पढाउने शिक्षकहरुलाई ३ दिने कार्यशाला गोष्ठी गरिएको छ । जलजलाभित्र रहेको सामुदायिक र संस्थागत विद्यालयका ४० भन्दा बढी शिक्षकहरुलाई तालिम उपलब्ध गराएको हो ।

जेठ २३ गतेदेखि २५ गते सम्म संचालन भएको कार्यशाला गोष्ठीको सहजीकरण प्रशिक्षक कविता पौडेलले गर्नुभएको थियो ।प्रारम्भिक बाल विकासमा पढ्ने विद्यार्थीहरुलाई विभिन्न खेल, गित र संगित लगायतको माध्यमबाट बालबालिकालाई विद्यालय आउने वातावरण सिर्जना गर्दै शिक्षणमा गुणस्तर बृद्धि गराउन बालविकासमा पढाउने शिक्षकलाई तालिम दिएको प्रमुख प्रशासकिय अधिकृत राजेन्द्रबहादुर क्षत्रीले बताउनुभयो ।

विद्यालयका गुणस्तर बृद्धि, बालविकास ब्यवस्थापन र बालबालिका खेल्दै र सिक्दैको वातावरण तयार गर्न तालिमले सहयोग पुग्ने अधिकृत क्षत्रीले भन्नुभयो ।

Back to top button